काठमाडौँ – सरकारले विद्यालय तहका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उनले निःशुल्क स्यानिटरी प्याड कार्यक्रमका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको जानकारी दिए । यसबाट १० लाख छात्रा लाभान्वित हुने अर्थमन्त्री महतको भनाई छ ।


ADVERTISEMENT

# # #