काठमाडौँ – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड रुपैया बिनियोजन गरेको छ ।


ADVERTISEMENT


सोमबार संघीय संसदको दुवै सदनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने कार्यक्रमसहितको उक्त बजेट विनियोजन गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री महतले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने बताए। मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने उनले बताए ।

उनले सबै संघीय अस्पतालमा मानसिक रोगका लागि अन्तरंग सेवा विस्तार गरिने, वीर अस्पतालको वर्न युनिटलाई सुविधासम्पन्न वर्न अस्पतालको रुपमा विकास गरिने बताए । त्यस्तै मन्त्री महतले सबै संघीय अस्पतालबाट मृगौला प्रत्यारोपण हुने व्यवस्था गरिने र स्थानीय तहमा निर्माण भइरहेका अस्पतालका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

निःशुल्क औषधिका लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको र सरुवा रोग नियन्त्रणका लागि ४६ करोड विनियोजन गरिएको उनले बताए ।

त्यस्तै सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब, ९७ अर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री महतले विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन गरिएको बताए । उनले प्रारम्भिक बाल विकास केन्द्रको पुनः नक्सांकन गरिने जानकारी दिए । सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिदै सरकारले उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरेको छ ।