काठमाडौँ – सरकारले बागमती र विष्णुमती लगायतका नदी किनारका अनाधिकृत बस्ती हटाउने भएको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


त्यसका लागि थानीय तहसँग समन्वय गरी वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरिने उनले बताए । काठमाडौँ महागरपालिकाका मेयर बालेन्द्र शाहले बागमती लगायत नदी किनारका सुकुम्बासी बस्ती हटाउन संघीय सरकारले सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।


ADVERTISEMENT

# # #