काठमाडौँ – मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई उपलब्धीमुलक बनाउने विषयमा छलफल भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


उनले भारत भ्रमणको एजेण्डा र टोलीको टुङ्गो लागिसकेको बताइन् । बैठकमा नागरिकताका बिषयमा छलफल भएको भन्दै संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास लिइएको उनले बताइन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबारदेखि भारतको भ्रमण गर्दै छन् ।