काठमाडौँ – एनएमबी बैंक लिमिटेडले महोत्तरीको नेपाल-भारत सीमा नजिक रहेको महोत्तरी गाउँपालिकास्थित आफ्नो शाखा कार्यालयमा भएको लुटपाटबारे बोलेको छ ।


ADVERTISEMENT


बैँकले एक विज्ञप्ती जारी गर्दै मंगलबार (१६ गते) करिब १२ः२५ को समयमा शाखा कार्यालयमा लुटपाट भएको जानकारी दिएको हो । बैँकका अनुसार ३–४ जनाको समुहमा रहेका अपरिचित बन्धुकधारी व्यक्तिहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटेका हुन् ।


ADVERTISEMENT

# # #


बैँकले उक्त घटनामा संलग्न व्यक्तिहरुलाई आवश्यक कानुनी कारबाही गर्नको लागि सम्बन्धित निकायमा अनुरोध भइसकेको जनाएको छ । सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भइरहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भीर चोटपटक नलागेको बैँकको भनाई छ ।

साथै बैँकले अनुसन्धान पश्चात प्राप्त हुने थप विवरण पछि सार्वजनिक गर्ने जनाएको छ ।