काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीहरुलाई कडा कानुनी कारवाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग राख्दै नेकपा एस निकट नेपाल बुद्धिजीवी परिषद् (समाजवादी)ले मंगलबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचारको पुरानो फाइलहरु खोलेर पूर्ण छानविन गरि कानुनी कारवाही गर्नुपर्ने माग समेत राखेका छन् ।


ADVERTISEMENT

# # #


नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले शरणार्थी प्रकरणमा कोहि दोषी नउम्कने र कोही निर्दोष नफस्ने गरी अनुसन्धानलाइ निष्कर्षमा पुराउनुपर्ने बताए । उनले शरणार्थी प्रकरणको अनुसन्धान गरेर सरकारले राम्रो काम गरेको भन्दै अन्य भ्रष्टाचारका मुद्दाहरुको पनि छानविन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले मंगलबार नै नक्कली भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार र राष्ट्रदोहविरुद्ध सडक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।