काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।
अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘होल्ड’ गरेको गरेपछि सो विधेयक राष्ट्रपति कार्यालयमै रोकिएको थियो।
त्यसपछि सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई प्रमाणीकरणका लागि अनुरोध गरेको थियो ।