काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ ।


ADVERTISEMENT


सो भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटमा परराष्ट्र सचिव भरतराज पौड्यालसमेत सहभागी थिए।


ADVERTISEMENT

# # #


चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री आज भारत प्रस्थान गर्दैछन् । प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्नेछन् । छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।