काठमाडौँ– नेपाल–भारतबीच दिर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि भएको पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १ दशकमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उक्त ऊर्जा व्यपार सम्झौताले यो लक्ष्य पूरा गर्न सहयोग गर्ने मोदीले बताए । यससंगै मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएकोसमेत जानकारी दिए ।