काठमाडौँ– राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नेकपा एमालेका सदस्यहरुले विरोध जनाएपछि २९ मिनेटपनि पुनः सञ्चालन हुने गरी बैठक स्थगित भएको हो ।


ADVERTISEMENT


बैठक सुरु हुनेबित्तिकै समय माग गरेका  एमालेका  राष्ट्रिय सभाका सदस्य भैरव सुन्दर श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री प्रचण्डले पनि भारत भ्रमणका क्रममा लिपुलेकको सम्बन्धमा राष्ट्रघात हुने गरी अभिव्यक्ति दिएको भन्दै  त्यसको विरुद्व आवाज उठाएका थिए । राष्ट्रपति र प्रधानमन्त्री दुवैले यसबारे जवाफ दिनुपर्ने उनीहरुको माग छ ।


ADVERTISEMENT

# # #


त्यसपछि मौन रुपमा उभिएर विरोध जनाएका एमाले सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पटक–पटक आग्रह गरेपनि विरोध जारी गरेपछि उनले २९ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।