काठमाडौँ– प्रतिनिधि सभा बैठक एक घन्टाको लािग स्थगित गरिएको छ । आइतबार बसेको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेको थियो ।


ADVERTISEMENT


त्यसपछि सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरे ।


ADVERTISEMENT

# # #


एमालेलाई साथ दिदैँ अन्यप्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोध गरेपछि अहिले बैठक अवरुद्ध भएको हो ।  सभामुख देवराज घिमिरेले पटक–पटक आग्ह गर्दा पनि सदन शान्त हुने अवस्था नदेखिएपछि उनले १ घन्टाको लागि बैठक स्थगित गरेका हुन् ।

केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतीपक्षी दल त्यसको सदनमै त्यसको विरोधमा उत्रिएका हुन् । साथै भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तीजनक रहेको भन्दै एमालेले त्यसको पनि विरोध गरेको छ । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा ‘त्यो बाटो दिए नेपालको लिपुलेक दिन सकिने’ भन्ने अभिव्यक्तिको जवाफ दिनुपर्ने उनीहरुको माग छ ।

आजबाट प्रतिनिधिसभाबैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुने भनिएको थियो । अर्थमन्त्री डा प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।