काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेलाई दक्षिण कोरिया पठाउने तयारी थालेको छ । जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि क्यानले उनलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो ।


ADVERTISEMENT


विश्वकप क्रिकेट छनोट तयारीका लागि राष्ट्रिय टोली यसअघि गत मङ्गलवार नै दक्षिण कोरिया प्रस्थान गरिसकेको छ । यद्यपि अदालतमा विचाराधीन मुद्दाका कारण भने क्यानले सन्दीपलाई पठाएको थिएन ।


ADVERTISEMENT

# # #


प्रत्येक पटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् । तर अहिले पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानले बताएको छ ।