काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणबारे स्पष्टिकरण दिने भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री दाहालले आज बस्न लागेको प्रतिनिधि सभा बैठकमा हाालै गएको भारत भ्रमणबारे प्रतीपक्षी दललाई जानकारी गराउन लागेको हो ।


ADVERTISEMENT

# # #


भारतको चारदिने औपचारिक भ्रमण सकेर शनिवार मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाललाई बंगलादेशसम्म पुग्ने बाटोको सट्टामा लिपुलेक–लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पमा कुरा भएको उल्लेख गरेका थिए।

सोही अभिव्यक्तिलार्ई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आइतबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर जवाफ मागेका थिए । यसबारे प्रधानमन्त्रीले जवालफ दिनुपर्ने माग गरेपछि प्रचण्डले आज स्पष्ट पार्न लागेको उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

बैठक अवरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि एमालेलाई सघाएका थिए ।