काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले कालापनीसंग भूमि साट्ने कुरा नगरेको स्पष्ट पारेका छन् । सोमबार बसेको प्रतिनिधि सभामा विपक्षी दललाई प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा आफूले भुमि साट्ने कुरा कहिँ कतै उल्लेख नगरेको बताएका हुन् ।


ADVERTISEMENT


भारतले पहिलो पटक सीमा समस्या समाधान गर्ने बताएको भन्दै उनले भने, ‘भारत सरकार र भारतका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा लगायतका समस्या समाधान गरिन्छ भनेर घोषणा गर्नुभएको छ । मलाई लाग्छ यो हाम िसबैको लागि खुशिको कुरा हो ।’


ADVERTISEMENT

# # #


‘दोस्रो कुरा मान्य सदस्यहरु सबैलाई भन्न चाहान्छु, मैले कहिँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस्’, थप स्पष्ट पार्दै उनले भने, ‘प्रस्ट होस् । कहिँ कतै कन्फ्यूजन नरहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो ।’

साथै सो क्षेत्र नेपालको भूमि हो भन्ने स्थापित गर्ने कुरा सबैभन्दा ठूलो कुरा रहेको बताउँदै उनले त्यसप्रति प्रस्ट हुँदै आफूले सोहि अनुरुप चुमिका खेलेको उनको भनाई छ ।