काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थको विकल्पको खोजी गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपालले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्लास्टिक प्रदूषणको समाधानका लागि यसको विकल्पको खोजी गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्लास्टिकजन्य पदार्थको विकल्पको बिषय एउटा देशले मात्रै गरेर नहुने बताउँदै उनले सार्क राष्ट्र लगायतका देशले सामुहिक प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे । प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै गरेको उनको भनाई छ । मन्त्री बस्नेतले प्लास्टिक प्रदूषणको समाधानका लागि आवश्यक प्रचार प्रसारका साथै प्रयोगको न्यूनिकरणका लागि आवश्यक नीति बनाउनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा सहभागीहरुले प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्ने राय सुनाएका थिए ।