काठमाडौँ– प्रधानमन्त्री प्रचण्डले नगारिकता विधेयकविरुद्व विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिपक्ष दललाई जवाफ दिने क्रममा उनले अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक यसअघिको जस्तै रहेको भन्दै विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदाको अध्यादेशकै स्वरुपमा नै अहिलेको नागरिकता विधेयक आएको प्रचण्डको दाबी छ ।

यसअघि भएका विषयहरुलाई अहिले ल्याइएको भन्दै उनले नागरिकता विधेयकका विषयमा दुई ठाँउमा बस्नुपर्ने कारण नभएको बताए । सरकारले निर्णय गर्ने र अदालतले रोक्ने पीडा अहिलेको प्रतिपक्षी र सत्तापक्षले भोगको पीडा भएकाले अदालतमा पुगेको विषयमा विवाद गर्न नहुने उनको धारणा छ ।