कोशी– कोशी प्रदेशका विभिन्न जिल्लाहरुबाट नियन्त्रित लागूऔषध ब्राउनसगुर सहित आइतबार १० जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समुहबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका–९ सलकपुरबाट स्थानीय २६ बर्षीय मोहमद अस्लाम र २५ बर्षीय महेश ठाकुरलाई ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अर्जुनधारा नगरपालिका-१० का ३० बर्षीय बिक्रम लिम्बु र फिदिम नगरपालिका-१ का ३४ बर्षीय मदर मगर ३६ ग्राम लागूऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद २ हजार ५३० सहित पक्राउ परेका हुन् भने झापाकै भद्रपुर नगरपालिका-७ बाट स्थानीय ३७ वर्षीय अजित बिश्वकर्मा २ ग्राम १२० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । विश्चकर्माको साथबाट प्रहरीले ३ थान डिजिटल तराजु र बिभिन्न कम्पनीका १६ थान मोवायल समेत बरामद गरेको छ ।

यसैगरी ईलामको ईलाका प्रहरी कार्यालय पशुतिनगरबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका-९ का २७ वर्षीय निशान खवास, फाकफोकथुम गाउँपालिका–१ का २५ बर्षीय बिमल लिम्बु र सन्दकपुर गाउँपालिका–४ का २७ वर्षीय निशान गुरुङलाई १९ ग्राम ३३० मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ ।

झापाबाट मोटरसाईकलमा इलामतर्फ जाँदै गरेका उनीहरुलाई ईलामको छिपिटारमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिणामको ब्राउनसुगर, लागुऔषध ट्याब्लेट ६ बट्टा १० ट्याब्लेट र ६ थान मोबाइल समेत बरामद गरेको छ । यसैगरी भोजपुर नगरपालिका-६ का ३८ वर्षीय सन्तोष बराईली टेम्केमैयुम गाउँपालिका-३ बाट १ ग्राम ९७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले बराईलीलाई आईतवार बिहान पक्राउ गरेको हो ।

यता मोरङको केरावारी गाउँपालिक–६ कालापनीबाट स्थानीय २७ वर्षीय बिधान राईलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले राईलाई पनि ३२० पिस ट्याबलेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।