काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले भारत भ्रमणमा भएको सम्झौताबारे प्रधानमन्त्रीले भ्रम छरेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारतबाट १५ राँगा बाहेक अरु केही नयाँ कुरा ल्याउन नसकेको बताएका हुन् ।


ADVERTISEMENT


उनले मोतीहारी–अमलेखगञ्ज दोस्रो चरणको पेट्रोलियम पाइपलाइन शिलान्यास गरेको विषयमा ओलीले भने, ‘यो कस्तो हो भने एउटा नहर खन्यो, त्यसको अलिपरसम्म शाखा लानुपर्यो भने फेरि शिलान्यास गर्ने, बाटो दुई किलोमिटर पर थप्नुपार्ये भने त्यहाँ पनि शिलान्यास ।’ मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आइसकेको र लोथरसम्म आउने निर्णय आफ्नै पालामा भएको र त्यसलाई थप विस्तार गर्न शिलान्यास गर्नु असोभनीयरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले नेपाल–भारत एकीकृत जाँच चौकी विराटनगर, भैरहवा र विराटनगरमा बनिसकेको र अन्य ठाउँमा पनि सहमति भइसकेको विषयमा प्रधानमन्त्रीले अनावश्यक फुर्ति देखाएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको फूर्तिफार्ती र सारा जितेको जस्तो, सारा जितेर फर्किँदै गरेको सिकन्दरजस्तो, सब फाँडेर फर्किएको चंगेज खाँजस्तो, विजयी, अचम्म लाग्यो । साँच्चै ल्याएको के भने १५ वटा राँगा ।

अन्य कुरा त आफूले ल्याएँ भनेर प्रधानमन्त्रीले प्रमाणित गर्नुपर्ने बताए ।