काठमाडौँ– स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको स्वागत गरेको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौं पत्रकार सम्मेलन गर्दै इप्पानले भारत भ्रमणका क्रममा आर्थिक कुटनीतिमा केन्दीत गरि उर्जा व्यपारको लागि महत्वपुर्ण पहल गरेको भन्दै प्रधानमन्त्रीप्रति आभार प्रकट समेत गरेको हो ।


ADVERTISEMENT

# # #


इप्पानले प्रधानमन्त्रीको भारत भ्रमणपछी उर्जा क्षेत्रमा सकारात्मक संचार भएर लगानीको वातावरण बनेको महसुस भएको भन्दै विगत केहि वर्ष देखि रोकिएर रहेका करिब १० हजार ५ सय मेगावट क्षमता भन्दा बढीका आयोजनाहरुको विद्युत् खरिद विक्री तत्काल खुलाउनका लागि उर्जामन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनको लागि माग गरेको छ ।

पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्वदेशमा अधिकतम विद्युत खपतका साथै बिद्युत व्यापारका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रका बिषयमा भारतसंग भएको समझदारीले मुलुकको ऊर्जा उत्पादन र व्यापार बढ्ने विश्वास गर्दै यसमा नीजि क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

त्यस्तै इपानले २१ औं वार्षिक साधारणसभा जेष्ठ ३२ गते काठमाडौंमा हुने जनाएको छ ।