काठमाडौँ – प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि सार्वजनिक बजेटमाथि सामान्य छलफल सुरु भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सभामुखसमक्ष आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै छलफल सुरु भएको हो ।


ADVERTISEMENT


बजेटमाथिको छलफलमा प्रतिनिधिसभाका सांसदले आफ्नो धारणा र सुझावहरु राखिरहेका छन् । जेठ १५ गते अर्थमन्त्री महतले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड ल्याएका थिए । बजेट आइसकेपछि त्यसबारे संसदमा छलफल गर्ने प्रावधान रहेको छ ।


ADVERTISEMENT

# # #


छलफलपछि संसदका दुवै सदनले पास गर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रत्यक्ष हेर्नुहोस् :