सप्तरी– भारतले सप्तरीको तिरहुत गाउँपालिकामा एलपीजी ग्यास चुलो, सिलिन्डर र अन्य सामाग्री वितरण गरेको छ ।


ADVERTISEMENT


आइतबार एक समारोहबीच भारतका महावाणिज्यदूत नितेश कुमार र नेपाल–भारत महिला मैत्री (एनआईडब्लूएफएस) समाजका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले संयुक्त रुपमा त्यहाँका विपन्न परिवारलाई २७५ थान एलपीजी ग्यास चुल्हो, सिलिन्डर र अन्य सामान हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त टोलीले सर्लाही, रौतहट र सप्तरी जिल्लाका विपन्न परिवारलाई भारत सरकार द्वारा कुल ३ हजार सेट ग्यास चुलो र १४.२ केजी सिलिन्डर र नियामक तथा पाइप लगायतका अन्य सामान उपहार स्वरुप प्रदान गरिएको बताइएको छ ।

समारोहमा विजय यादव, तिरहुत गाउँपालिका अध्यक्ष, नरेन्द्र कार्की, सप्तरीका एसपी राधा कायस्थ, उपाध्यक्ष, नेपाल–भारत महिला मैत्री समाजस कार्यक्रममा स्थानीय पत्रकार र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।