काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गर्ने सरकारको नीतिप्रति आपत्ति जनाएका छन् । सोमबार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको वार्षिक बजेटबारे बोल्दै अध्यक्ष ओलीले कुनै निश्चित व्यक्तिको स्वार्थका लागि सरकारले गाँजा खेतीबारे सोच्नु दुर्भाग्यपूर्ण रहेको बताए ।


ADVERTISEMENT


उनले जनताको सरोकारका विषयलाई छाडेर सरकार ‘फेन्सी’कुरातर्फ लागेको टिप्पणी गरे । उनले भने, ‘धान फलाउने, आलु फलाउने, कृषि बढाउने, त्यतापट्टि छैन, गहुँ फलाउने छैन, खाद्यान्नमा आत्मनिर्भरता बढाउने कुरा छैन । कसले गर्न खोजिराखेको छ यो जाँगा खेती ? कसका लागि गाँजा खेती ? अचम्म लाग्यो ।’ उनले गाँजा खेतीका पछाडि कुनै व्यक्ति अदृश्य रुपमा लागेको र उसैको स्वार्थका लागि सरकारले खाँजा खेतीको नीति बनाएको ओलीले जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘कतिपयलाई लागेको होला, हाम्रो गाउँमा गाँजा हुन्छ, त्यसैबाट कतिको जीविका चलेको छ, यो त नियन्त्रित, नियोजित गाँजा खेतीको कुरा गरेको हो । यो चलेपछि त्यसले सरकारसँग माग गर्छ, लाइसेन्स नलिएको, अधिकार प्राप्त नभएको गाँजा खेती गर्न पाइँदैन भनेर गाउँगाउँमा गएर ती विरुवा उखेलिन्छन् ।’

उनले थपे, ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? कस्तो अनौठो छ ।’