काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डँ ले आज संघीय संसद्अन्तर्गत राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


बुधबार(आज) सवा ११ बजे बस्ने बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र सभा सदस्यले उठाएका प्रश्नको सम्बोधन गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसलगत्तै राष्ट्रिय सभामा आजैदेखि आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल सुरू हुने कार्यसूची छ।

‘गत सोमबार बसेको बैठकमा सभा सदस्यले भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विवादस्पद अभिव्यक्ति दिएको भन्दै जवाफ मागेका थिए । सभा सदस्यहरुले विरोध जनाएपछि सभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

२९ मिनेटपछि बस्ने भनिएको बैठक सो दिन पुनः सञ्चालन हुन सकेको थिएन ।