काठमाडौँ– काठमाडौँ महानगर प्रमुख बालेन साह बेल्जियम जाने भएका छन् । उनी विश्व महानगर सम्मेलनमा भाग लिन जेठको अन्तिम साता बेल्जियम प्रस्थान गर्ने भएका हुन् ।
मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले मेयर साहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा बालेनले नेपालको प्रतिनिधित्व गर्नेछन् ।