काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्नमा कर लगाइएकोप्रति आपत्ति जनाएकी छन् । बुधबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा बोल्दै सांसद श्रेष्ठले उपभोक्तालाई मार पर्नेगरी खाद्यान्नमा कर लगाउँदा गरिबी बढ्ने तर्क गरेकी हुन् ।


ADVERTISEMENT


उनले भनिन्, ‘आलु प्याजमा हामीले कर लगाएका छौँ । यो आर्थिक विधेयक पास भएपछि लेखेर राख्नुहोला, मार्टमा पनि, बाहिर पनि हामीले हरेक दिन खाने आलु प्याजको मूल्य १३ प्रतिशतले बढ्नेवाला छ । यो देशमा त बाँच्नलाई पनि कर तिनुर्पो भो ।’ किसानलाई प्रोत्साहन गर्ने र आयात प्रतिस्थापन गर्ने हो भने कृषकलाई दिइने अनुदानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले बताइन् ।


ADVERTISEMENT

# # #


उनले सरकारले ल्याएको करको नीतिले गरिबलाई अझ गरिब बनाउने र धनीलाई अझ धनी बनाउने उनले तर्क गरिन् । करको दर बढ्दै जाँदा कुनै दिन सास फेरेको पनि कर लाग्ने उनले व्यंग्य गरिन् । सांसद श्रेष्ठले भनिन्, ‘अब त कस्तो भयो भने आफूले लक्ष्य राखेको कर उठेन भने अर्थमन्त्रीले अर्को वर्ष सासमा पनि कर लाउनुहुन्छ । हरेक पटक सास फेरेको कति मोल लिनुहुन्छ ?’

गरिबलाई अझ बढी गरिब बनाउने खालको करको विरोध हुनुपर्ने उनको भनाई छ ।