• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित

Jun 8, 2023 |

सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित

693
SHARES
ShareTweet

भक्तपुर– भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् ।


ADVERTISEMENT


चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ७० स्वास्थ्य शाखाका कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए ।

नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन् । चापागाईले भने, ‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मी भने पाँच महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ ।’

एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने र सरकारका कर्मचारीले तलब नपाउँदा उनीहरुलाई समस्या भएको छ । यहाँका कर्मचारीका लागि मासिक करिब रु ४५ लाख तलबमा खर्च हुने गरेको लेखा शाखाले जनाएको छ ।

नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको जानकारी दिएको छ । नगरपालिका लेखापाल महेश भट्टराईले सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेको बताए ।

तलब खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उहाँले तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको बताए ।


#
#

#









#




#


#


Share:

Rate:

Previousबालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउन सुरु
Nextप्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

ताजा खबर

  • आज वैशाख शुक्ल पूर्णिमा : बुद्धजयन्ती मनाइँदै
  • आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ह्याम्स अस्पतालमा विशेष छुट
  • नबिल बैँकद्वारा बौद्ध शाखामा पाँचौ ‘प्रायोरिटी बैंकिङ लाउञ्ज’ सुरु
  • शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ
  • सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved