काठमाडौँ— नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक बिहीबारबाट सुरु हुँदै छ । भक्तपुरमा बस्ने बैठकले समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने नेसपाले जनाएको छ ।


ADVERTISEMENT


बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् ।


ADVERTISEMENT

# # #


साथै बैठकमा सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुने तथा पार्टीको विधान मस्यौदाको तयारीबारे पनि छलफल जनाइएको छ । बैठक बिहीबार र शुक्रबार २ दिन चल्ने नेसपाले जानकारी दिएको छ ।