• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

Jun 8, 2023 |

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

1.1k
SHARES
ShareTweet

काठमाडाैँ– सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले गरेको छ ।


ADVERTISEMENT


‘ऊर्जाको कम मूल्यले घरायसी बजेटमा तनाव कम गरिरहेको छ, व्यापार र उपभोक्ताको भावना कम स्तरबाट भए पनि सुधार भइरहेको छ, र कोभिड महामारीपछि पुनः सामान्य अवस्थामा फर्किएको चीनका कारण विश्वव्यापी गतिविधिलाई बढावा दिएको छ,’ ओईसीडीले भनेको छ ।


ADVERTISEMENT

# # #


युरो क्षेत्रमा घट्दो मुद्रास्फीतिले वास्तविक आय बढाउन मद्दत गर्नेछ र सन् २०२३ मा ०.९ प्रतिशतबाट २०२४ मा १.५ प्रतिशतमा जीडीपी वृद्धिमा योगदान पु¥्याउनेछ । सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १.६ प्रतिशत रहने अनुमान गरिएको छ भने सन् २०२४ मा यो १ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘मुद्रास्फीति अझै नाजुक छ र जोखिमहरू नकारात्मक तर्फ झुकेका छन्, एक प्रमुख चिन्ता भनेको मुद्रास्फीति अपेक्षा गरिएको भन्दा बढी रहन सक्छ ।’

विश्वका विभिन्न १९ मुलुकसहित युरोपेली सङ्घसहितको समूह जी–ट्वन्टी अर्थतन्त्रमा वार्षिक उपभोक्ता मूल्य (मुद्रास्फीति) सन् २०२२ मा ७.८ प्रतिशतबाट घटेर सन् २०२३ मा ६.१ प्रतिशत र सन् २०२४ मा ४.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

आर्थिक वृद्धिका लक्ष्यहरू कायम राख्न, ओईसीडीले देशहरूलाई उनीहरूको वित्तीय नीतिहरू समायोजन गर्न र दिगो विकासलाई बढावा दिन सिफारिस गर्दछ । प्रतिवेदनमा ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताउँछन्, तर अर्थतन्त्रको हरित र डिजिटल रूपान्तरणलाई सुरक्षित गर्दै उत्पादकत्व बढाउन संरचनागत सुधारलाई प्राथमिकता दिन जरूरी रहेको उनको भनाइ छ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousनेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै
Nextबङ्गलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ घाइते

ताजा खबर

  • आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ह्याम्स अस्पतालमा विशेष छुट
  • नबिल बैँकद्वारा बौद्ध शाखामा पाँचौ ‘प्रायोरिटी बैंकिङ लाउञ्ज’ सुरु
  • शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ
  • सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप
  • प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्न अर्थमन्त्री दृढ रहनुपर्छ : काँग्रेस प्रवक्ता महत

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved