काठमाडौँ– प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसी पुत्र मिलन एमसीले कार्यालयमै कर्मचारीमाथि हातपात गरेका छन् ।


ADVERTISEMENT


कर्मचारीका अनुसार माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष समेत रहेका मिलन बुधबार दिउँसो योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिका कार्यालय पुगेका थिए ।


ADVERTISEMENT

# # #


उनले त्यहाँ अधुरो योजनाको भुक्तानीका लागि दबाब दिदैँ कार्यालयका योजना शाखाका कर्मचारी दीपक जिसीमाथि हातपात तथा दुर्व्यवहार गरेको उनीहरुको आरोप छ । सबै जम्मा हुँदा समेत उनले दिपकमाथि अपशब्द बोल्दै टेबुलमा पैसा फ्याँकेको कर्मचारीहरु बताउँछन् ।

यससम्बन्धमा अध्यक्ष एमसीले भने आफ्नो छोराको बचाउ गरेका छन् । कार्यकक्षमै यस्तो घटना हुनु अनुचित भएपनि आफ्नो छोराले त्यो घटनाको नेतृत्व गरेको भन्ने आरोप गलत रहेको उनको दाबी छ ।

यद्यपि यता कर्मचारीहरुले भने घटनापछि मिलनलाई पालिकाको गाडीमै भगाइएको बताएका छन् । कार्यकक्षमै कर्मचारीमाथि हातपात हुनु निन्दनिय रहेको भन्दै पीडकलाई कारवाही नभएसम्म नियमित कार्यमा नफर्किने बताउँदै उनीहरु आन्दोलनमा उत्रेका छन् ।

कर्मचारीले तत्काललाई अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेका छन् ।