काठमाडौँ–प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बस्ने नेपालीहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहा बस्ने सम्पूर्ण नेपालीहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सो देशमा बस्ने नेपालीहरुलाई पर्न सक्ने सम्पूर्ण समस्याहरुप्रति आवश्यक व्यवस्थापन गर्न गराउन पनि उनले ध्यानार्षण गराए ।

त्यसअघि बैठकमा सांसदहरुले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । साथै उनीहरुले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न समेत माग गरेका छन् ।