काठमाडौँ – नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले अहिलको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्प्णी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा समाजवाद उन्मुख उत्पादनलाई प्राथमिकतामा राख्न नसकेको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्पणी गरेका हुन् । उनले स्थापित उत्पादनसम्बन्धलाई विकासका लागि बजेट विनियोजन गर्न बजेट चूकेको उल्लेख गरेका हुन् ।


ADVERTISEMENT

# # #


गुरुङले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय संघीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको टिप्पणी गरे । उनले मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद् अन्त्य गर्न असमर्थ रहेको र पञ्चायतजस्तो बजेट भएको बताए ।

त्यस्तै छलफलमा भाग लिदै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले बजेटले राष्ट्रिय दायित्व बोल्ने अठोट गरेको भन्दै समर्थन जनाए । उनले बजेटमा राज्यलाई अपरिहार्य नभएका २० समिति, संस्थान खारेज गर्ने वा गाभ्ने व्यवस्था कार्यान्वयन सहज नभएको बताए । उनले प्रशासनीक संयन्त्रहरु केन्द्रीकृत सोचबाट मुक्त हुन नसकिएको बताए ।