काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । मेयर शाहले राष्ट्रिय सभागृहमा रहेको कार्यकक्षमा सन् १८१६ मा सुगौली सन्धि हुनु अघिको नेपालको भू–भाग समेटिएको ग्रेटर नेपालको नक्सा राखेका हुन् ।


ADVERTISEMENT


भारतले आफ्नो नयाँ संसद भवनमा अखण्ड भारतका नाममा नेपालका लुम्बिनी, कपिलवस्तु लगायतका ठाउँलाई राखेपछि नेपालमा विरोध भइरहेको छ । बालेनले भने पूर्वमा टिस्टान देखि पश्चिममा काँडगासमेटिएको नेपालको नक्सा राखेका हुन् ।


ADVERTISEMENT

# # #


मेयर बालेनको कार्यकक्षमा यसअघि भौगोलिक अवस्थिति झल्काउने नेपालको थ्रीडी नक्सा रहेको थियो । त्यसलाई प्रतिस्थापन गर्दै बालेनले ग्रेटर नेपालको राजनीतिक नक्सा राखेका हुन् ।