काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेटमाथिको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्न र जिज्ञासा टिपोट गर्न अर्थ मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका कर्मचारी राख्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरुले बजेटमाथिको छलफलका क्रममा मन्त्री उपस्थीत नभएको भन्दै आपत्ती जनाएपछि अध्यक्ष तिमिल्सिनाले मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका कर्मचारी रोखेर टिपोट गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


बजेटमाथिको सामान्य छलफल एकैपटक दुबै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुबैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यावहारिक नहुने उहाको भनाइ छ । यसलाई मध्यनजर गर्दै सांसदहरुको कुरा टिपोट गर्ने कर्मचारी राख्न उनले निर्देशन दिए ।

त्यसअघि बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए । नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गरे ।

श्रेष्ठले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यस विषयलाई उठाएको स्मरण गराए ।