बाजुरा– स्थानीय तहमा हस्तान्तरण भएपछि बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । का प्रमुखले गुनासो गर्न थालेका छन् ।


ADVERTISEMENT


स्थानीय तह (नगरपालिका तथा गाउँपालिका) ले औषधि खरिद गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएको छ । अहिले ती संस्थामा सिटामोलसमेत पाउन छाडिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


‘स्थानीय तहमा हस्तान्तरण हुनुभन्दा अघि औषधि समयमै आउने गरेको थियो, काम गर्न सहजता थियो, अहिले अन्योल भएको छ’ बूढीगंगा स्वास्थ्य चौकीका प्रमुख ललिता रोकायाले भनिन् ।

स्वास्थ्य मन्त्रालयको निर्देशनमा बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भइसकेका छन् । स्थानीय तहमा हस्तान्तरण भइसकेपछि सम्बन्धित नगरपालिका र गाउँपालिकाले यसको जिम्मेवारी लिनुपर्छ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले भने, ‘जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको जिम्मेवारी सम्बन्धमा सरकारले प्रष्ट पारिदिएमा स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुन्छ ।’

जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । जिल्लामा जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र २६ स्वास्थ्य संस्था छन् । यी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका गाउँमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्रसमेत स्थापना भएका छन् ।