चितवन – चितवनको वन कार्यालयमा भूकम्पपीडितका लागि भनेर छुट्याइएको काठ धमाधम कुँहिदै गएको छ । जंगलमा दुई वर्षदेखि त्यत्तिकै रहेको नयाँ काठ बिग्रिँदै गएको वनका प्राविधिकहरुको भनाइ छ ।


ADVERTISEMENT


गोरखाका भूकम्पपीडितहरुका ९० प्रतिशत छुटमा चितवनबाट १० हजार क्यू फिट काठ लैजाने भनिए पीडितहरुले पुरानै काठले घर बनाएका छन् । जिल्ला वन कार्यालयमा भूकम्प प्रभावितका लागि कुल १८ हजार क्यू फिट काठ छुट्याइएको थियो ।


ADVERTISEMENT

# # #


सरकारी राजस्वको ९० प्रतिशत छुटमा काठ उपलब्ध गराउँदा पनि प्रभावितहरुले पुरानै काठको भर परेका छन् । काठ नलैजानुको अर्को कारण हो पीडितहरुले घर नबनाउनु ।

जिल्ला वन कार्यालयका प्रमुख केदार पौडेल भन्छन्, “जंगलमा घामपानीले कुहिने, मक्किने, चोरी हुने, डढेलोले खाने हुँदा भूकम्पपीडितका लागि भनेर छुट्याइएको काठ जोगाउन मुस्किल भएको छ ।
उनका अनुसार गोरखा लैजानका लागि काठ तयारी अवस्थामा छ । “टेण्डर भयो तर काठ लगिएको छैन”, उनले भने ।

राष्ट्रिय वनबाट उत्पादिन १८ हजार क्यूफिट काठमध्ये १० हजार क्यूफिट गोरखा लगिने र ८ हजार चितवनमै खपत गर्ने योजना रहेको थियो । तर गोरखामा काठ नलगेपछि अब भूकम्प प्रभावित अन्य जिल्लामा दिने तयारी भइरहेको प्रमुख पौडेलले जानकारी दिए ।

पुनर्निर्माण प्राधिकरणका चितवन प्रमुख राजेन्द्र कार्कीले तत्कालीन समयमा माग गरिएका काठहरु भूकम्प प्रभावितहरुका लागि पायक पर्ने ठाउँमा नभएकोले काठ लैजान समस्या भएको बताए ।