काठमाडौं-अदालतको अवहेलना अभियोगमा सिंहदरबार प्रहरी वृत्तमा थुनिएका डा. केसीसँगको कुराकानीको अंश:


ADVERTISEMENT


सर्वोच्चको आदेशलाई कसरी लिनुभएको छ ?


ADVERTISEMENT

# # #


म सर्वोच्च अदालतलाई न्याय दिलाउने संस्थाका रूपमा एकदमै सम्मान गर्छु । संस्थामा सही न्यायसम्पादन गर्ने न्यायाधीशहरूप्रति मेरो मनमा सम्मान भाव छ । तर, मान नै नभएका कतिपय छन्, तिनको केको मानहानि ?

न्यायपालिकाको सर्वोच्चतामाथि प्रश्न उठाउन पाइन्छ ?
सबै न्यायाधीश खराब छैनन् । मैले गरेको लडाइँ असल न्यायसम्पादन गर्ने न्यायाधीशविरुद्ध हुँदै होइन । यसमा मेरो कुरा प्रस्ट छ । तर, न्यायालयमा बसेर थुपै्र गलत काम भएका उदाहरण छन् । मैले यसबारे वर्षौंदेखिका गल्तीहरूका तथ्य प्रमाण जुटाएको छु । एक नागरिकका रूपमा यसबारे बोल्नु मेरो कर्तव्य हो ।

अहिले अनशनचाहिँ किन बस्नुपर्‍यो ?

हामी चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि वर्षौंदेखि लडिरहेका छौं । संविधानले जनतालाई दिएको मौलिक हकका लागि हाम्रो लडाइँ हो । अहिले न्यायालयको काम जनतालाई न्याय दिने किसिमको देखिएन । त्यसैले समस्याको जरोसँगै लड्नुपरेको हो ।

अब अगाडि के गर्नुहुन्छ ?

म मेरो प्रतिबद्धताबाट विचलित छैन । न्यायालयभित्रका विकृति विसंगति पनि छानबिनको विषय बन्नुपर्छ । टिचिङ अस्पताल सुधारसम्बन्धी हामीले उठाउँदै आएका मागहरू सम्बोधन हुनुपर्छ ।

गिरफ्तारीको अवस्थामा अब तपार्इंको अनशन के हुन्छ ?

मलाई हदै गरे जेल हालिएला । केही छैन, म जेलभित्रै अनशन बस्छु । किनभने म त चिकित्सा शिक्षा क्षेत्रका विकृतिमाथि यसअघि नै आमरण अनशन बसिसकेको व्यक्ति । मलाई भोलि के होला भनेर चिन्ता छैन ।- अन्नपुर्ण पोष्टबाट