काठमाडौं-सरकारले अत्यधिक चिसोका कारण मारमा परेका विपन्न समुदायका नागरिकका लागि २ करोड २२ लाख रुपैयाँको राहत घोषणा गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा यस्तो राहत वितरण गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयले प्रत्येक जिल्लालाई कम्मल, दाउरा तथा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँका दरले राहत दिने भएको हो ।

गृहले सोमबारै आफ्नो मौज्दातमा रहेका कम्मललगायत सामग्री शीतलहर प्रभावित क्षेत्रमा पठाएको छ ।-आजको कान्तिपुरबाट