काठमाडौँ – नेपालका लागि बेलायतकी राजदूत निकोला पोल्लिटले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतसँग विदाई भेट गरेका छन् ।


ADVERTISEMENT


सोमबार स्वास्थ्यमन्त्रालयमा भएको भेटमा दुईपक्षीय हित र सहयोग आदान प्रदानका विषयमा छलफल भएको थियो । भेटमा ब्रिटिस गोरखाहरुलाई नेपालमा उपचार गर्ने सिलसिलामा व्यवस्थित रुपमा उपचारको व्यवस्था गर्नका लागि छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै बेलायतमा नर्सिङ म्यानपावर लैजाने तयारीका विषयमा पनि छलफल भएको उनले बताए । भेटका क्रममा विकासका आयोजना अन्तर्गत बेलायतले नयाँ कार्यक्रम दिन लागेको र त्यसलाई नेपालका कसरी सञ्चालन गर्ने भन्नेबारेमा पनि छलफल भएको मन्त्री बस्नेतले बताए ।