काठमाडौं-रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा नुमान्सियासँग २-२ गोलको बराबरी रोकिए पनि मड्रिड समग्रमा अघि रहँदै क्वाटरफाइनलमा पुगेको हो । रियल मड्रिड समग्रमा ५–२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ ।


ADVERTISEMENT


रियल मड्रिडको घरेलु मैदानमा भएको दोस्रो लेगमा १० खेलाडीमा सिमित नुमान्सियाले दुई पटकको अग्रता उल्टाएर बराबरी खेलेको हो। तर, पहिलो लेगमा ३-० को जित निकालेको कारण रियल मड्रिड समग्रमा ५-२ को जित्साहित क्वाटरफाइनलमा पुग्न सफल भयो ।


ADVERTISEMENT

# # #


दोस्रो रोजाइका खेलाडीसहित मैदान उत्रेको रियल मड्रिडका लागि दुवै गोल लुकास लुकास भाजक्वेजले गरे । त्यस्तै नुमान्सियाका लागि दुवै गोल गुइलेर्मोले गरेका थिए । यो खेलमा रियल क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो तथा करिम बेन्जिमा बिना नै खेलेको थियो ।

पहिलो हाफको ११ औं मिनेटमा लुकासले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ४५ औं मिनेटमा नुमान्सियाका गुइलेर्मोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ५९ औं मिनेटमा लुकासले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । तर, खेलको ८२ औं मिनेटमा नुमान्सियाका गुइलेर्मोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो । खेलको ९० औं मिनेटमा ड्यानी काल्भोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा केहि मिनेट नुमान्सिया १० खेलाडीमा समेटिएको थियो ।

रातिनै भएका स्पेनिस कोपा डेल रे अन्तर्गत जित निकाल्दै भ्यालेन्सिया, अलाभेस, लेगानेस र एथ्लेटिको मड्रिड पनि क्वाटरफाइनलमा पुगिसकेका छन् ।

फोर्मेन्तेरालाई २–० ले हराएको एलाभेस समग्रमा ५–१ तथा भिल्लारियलसँग २–१ ले पराजित भएर पनि अवे गोलका आधारमा लेगानेसले अन्तिम ८ मा स्थान बनायो ।

लेगानेस र भिल्लारियलले समग्रमा २–२ को बराबरी खेले पनि पहिलो लेगमा १–० ले विजयी भएको लेगानेशले अवे गोलका आधारमा क्वाटरफाइनलमा स्थान बनायो ।