काठमाडौं-लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँभन्दा वढी रकम कुलतमा सक्ने गरेका छन् ।


ADVERTISEMENT


गाँजा, चरेस, हिरोइन तथा फर्मास्युटिकल ड्रक्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा वढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन्।


ADVERTISEMENT

# # #


दुव्र्यसनीले बार्षिक लागूपदार्थ सेवनबापत खर्च गर्ने रकम चालु आर्थिक बर्षको बार्षिक बजेटको २ प्रतिशत हुन्छ । यो रकम सुधार गृहमा उपचाररत दुव्र्यसनीको खर्चबाहेकको हो । सुधारगृहमा भएका दुव्र्यसनीको लागि अभिभावकले मासिन २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन।-आजको कारोबार दैनिकबाट