काठमाडौं-शीतलहरले कठ्यांग्रिएर बुधबार सप्तरीमा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–६ हाटीका अबजल मंसुरीका १३ महिने छोरा अबदुल्हा मंसुरी र कञ्चनरूप नगरपालिका–४ का ४२ वर्षीय जडौली सदाको मृत्यु भएको हो ।


ADVERTISEMENT


आइतबार पनि शीतलहरबाट शम्भुनाथ नगरपालिका–२ का ७ वर्षीय जितेन्द्र सदा र तिरहुत गाउँपालिका–१ की ६५ वर्षीया भटनीदेवी यादवको मृत्यु भएको थियो । योसहित सप्तरीमा शीतलहरबाट १९ जनाले ज्यान गुमाइसकेका छन् ।


ADVERTISEMENT

# # #


१० दिनदेखि बढेको शीतलहरले तराई–मधेसको जनजीवन अस्तव्यस्त बनेको छ । पछिल्ला दुई दिन शीतलहर हटे पनि बुधबारबाट सप्तरीमा पुनः सुरु भएको छ ।