काठमाडौं-अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प विवादमा मुछिएका छन् । यसपटक ट्रम्प आफ्नै कारण विवादमा परेका हुन् । अमेरिकाको राष्ट्रगानका पूरै शब्द उच्चारण गर्न नसक्दा ट्रम्पको व्यापक आलोचना भइरहेको छ । क्यालिफोर्नियामा सञ्चालित एक फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा ट्रम्पले अमेरिकाको राष्ट्रगानका शब्द उच्चारण गर्न सकेनन् ।


ADVERTISEMENT


आयोजकले सुरुमै राष्ट्रगान कार्यक्रम राखेको थियो । आयोजकले राष्ट्रगानका लागि पाहुनाहरूलाई उठ्न आग्रह गर्‍यो । राष्ट्रपति ट्रम्प पहिलो पंक्तिमै उभिएर राष्ट्रगान गुनगुनाए । स–साना बालबालिकाले राष्ट्रगान सुरु गरेपछि उपस्थित सबैले उनीहरूलाई नै पछ्याए । तर, राष्ट्रपति ट्रम्प भने रोकिई–रोकिई राष्ट्रगान गुनगुनाइरहेका देखिन्थे ।


ADVERTISEMENT

# # #


क्यालिफोर्नियाको एक फुटबल कार्यक्रमको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई राष्ट्रगानका पूरै शब्द नआउँदा रोकिई–रोकिई शब्द उच्चारण गरेको अन्तर्राष्ट्रिय मिडियाहरूको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पूरै राष्ट्रगानका शब्द नआउँदा नै फुटबलको उद्घाटन समारोहमा रोकिई–रोकिई उच्चारण गरिरहेको जनाएका छन् । ट्रम्पले सुरु र अन्त्यमा ठूलो स्वरमा उच्चारण गरे पनि मध्यभागका शब्दहरू सानै स्वरमा उच्चारण गरेको एजेन्सीहरूले जनाएका छन् । यसैकारण ट्विटर र अन्तर्राष्ट्रिय मिडियालगायतले ट्रम्पको व्यापक आलोचना गरेका हुन् ।