काठमाडौं-इएफएल कप फुटवल अन्तर्गत दोस्रो सेमिफाईनलको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।


ADVERTISEMENT


घरेलु मैदान स्टाम्पफोर्ड ब्रिजमा आर्सनलविरुद्ध अधिकांश समय दवाव बनाएको चेल्सीले गोल भने गर्न नसक्दा बराबरीको नतिजामै चित्त बुझाएको हो । चेल्सीका आधा दर्जन सशक्त प्रहार बिफल बन्दा घरेलु दर्शक निराश बनेका थिए ।


ADVERTISEMENT

# # #


चेल्सीले २ पटक पेनाल्टीको दावी गरेपनि रेफ्रि मार्टिन एक्टिन्सनले अस्वीकार गरेपछि खेलमा केही विवाद भएको थियो । असिस्टेन रेफ्रिले भी ए आर पद्धतिको प्रयोगले निर्णय गर्दै विवादको समाधान गरेपछि चेल्सीको टिमले असन्तुष्टि जनाएको थियो ।

सेमिफाईनलको दोस्रो लेग जेनेवरी २४ मा आर्सनलको घरेलु मैदान ईमिरेट्स स्टेडियममा हुनेछ ।