काठमाडौं-मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरेमा बा ५४ प ४५८८ नम्बर स्कुटरको ठक्करले स्थानीय ८५ वर्षीय लालबहादुर चौहानको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ५ मा स्थानीय मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिंदा स्थानीय ८५ वर्षीय माधवप्रसाद दाहालको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


ठक्करले गम्मीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।