ललितपुर– नख्खु कारागार विस्तार भएर एक हजारजना अट्ने क्षमताको हुने भएको छ । पहिले झण्डै ५ सय क्षमताको कारागारमा अहिले ५ सय क्षमता थप हुन लागेको कागारागर प्रमुख टेकबहादुर केसीले बताए ।


ADVERTISEMENT


पुरुष कैदीरबन्दी राख्ने २५० क्षमताको एउटा ब्लक र अर्को त्यति नै क्षमताको महिला ब्लक बनाइएको छ । पुरुषलाई राख्न बनाइएको ब्लकमा कैदीरबन्दी बस्न थालिसकेका छन् । महिला राख्ने ब्लक भने छिट्टै निर्माण सकिएर सञ्चालनमा आउने उनले जानकारी दिए। “ठेकेदारले ढिलाइ गरेकाले केही समय लम्बियो,अब असारसम्ममा यहाँ महिला कैदी सारिने छ,” कागारागर प्रमुख केसीले भने ।


ADVERTISEMENT

# # #


पहिले यहाँ सामुदायिक पुनःस्थापना केन्द्र
(सिआरसी) र लागू औषध पुनःस्थापना केन्द्र (डिआरसी) गरेर दुईवटा ब्लक भूकम्पका समयमा क्षतिग्रस्त भएकाले पुनः निर्माण भइरहेको हो । लामो समयसम्म पालमा बसेका दुईवटा ब्लकका कैदीरबन्दी अस्थायी टहरामा बसिरहेका छन् ।

अस्थायी भनिने टहरा पनि पछिसम्म काममा आउने उल्लेख गर्दै कारागार प्रमुख केसीले भने, “अस्थायी टहरा पनि कैदीरबन्दी राख्न वा कार्यालयका अरू कामका लागि प्रयोग गर्न मिल्ने खालका छन् ।” कारागारमा कैदीरबन्दीका लागि मनोसामाजिक उपचार केन्द समेत निर्माण भइरहेको छ ।