काठमाडौँ– सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो ।


ADVERTISEMENT


२७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।