काठमाडौं – नेपाल बार एशोसियसनले अनशन बसेर न्यायालयमाथि दबाब नदिन डा. गोविन्द केसीसँग आग्रह गरेको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनबारे पहिलोपटक आफ्ना धारणा सार्वजनिक गर्दै नेपाल बार एशोसिएसनले डा। केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत गरेको छ ।


ADVERTISEMENT

# # #


एशोसिएनका महासचिव खम्बबहादुर खातीद्वारा जारी विज्ञप्तिमा अनशन स्थगित गर्न आग्रह गर्दै सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गरिएको छ ।

विज्ञप्तिमा अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह गरेको छ ।

डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे आफ्नो धारणा सार्वजनिक गर्दै बार एशोसिएसनले अदालतको आदेशलाई सबैले पालना गर्नुपर्ने भन्दै अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी मात्र नगरी व्यक्तिगत लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बताएको छ ।

बारले विज्ञप्तिमा भनेको छ, “आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।”

बारले कुनै मुद्दामा न्यायाधीशविरुद्ध उजुरी गर्नुपरे न्याय परिषद् ऐन २०७३ को दफा १७ ९१० मा जानुपर्ने कानुनी व्यवस्था रहेको प्रतिसमेत ध्यानाकर्षण गराएको छ ।