काठमाडौँ – गृहमन्त्रालयको प्रवक्तामा नारायण प्रसाद भट्टराई नियुक्त भएका छन् । गृहमन्त्रालयले सोमबार भट्टराईलाई उक्त जिम्मेवारी दिइएको हो ।
यसअघि प्रवक्ता जितेन्द्र बस्नेत जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी बनेपछि रिक्त जिम्मेवारी भट्टराईलाई दिइएको हो । गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा कार्यरत सह सचिव भट्टराईले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसकेका छन् ।