काठमाडौँ– प्रतिपक्ष नेकपा एमालेको चेतावनीका कारण बस्दै नबसी स्थगित भएको छ ।


ADVERTISEMENT


सोमबार बोलाइएको बैठक मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको हो । सुन तस्करी प्रकरणमा प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै आएको छ । आफ्ना माग पुरा नभएसम्म सदन चल्न नदिने चेतावनीपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।


ADVERTISEMENT

# # #


एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गरेपनि सत्तापक्ष भने यसमा सहमत नभएको बुझिएको छ । यसअघि बसेको संसद बैठक पनि एमालेको अवरोधका कारण स्थगित भएको थियो ।