काठमाडौँ – एफएमएनडब्लु (पूर्व मिस नेपाल) छात्रवृत्ति कार्यक्रमको आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ हलिउड फिल्म ‘बार्बी’को ‘च्यारिटी शो’ आयोजना गरिएको छ । मुनाफा वितरण नगर्ने संस्था डीएम फाउन्डेशन र पूर्व मिस नेपालको सहकार्यमा क्यूएफएक्स सिनेमा सिभिल मलमा उक्त फिल्मकाे च्यारिटी प्रिमियर गरिएकाे हाे ।


ADVERTISEMENT


डीएम फाउन्डेशन र पूर्वमिस नेपालले सहकार्यमा कोभिड-१९ बाट आफ्ना आमाबाबु/अभिभावकहरू गुमाएका नेपालभरका बालबालिकाहरुको पारिवारिक आर्थिक आवस्था हेरी फाउन्डेसनको कोष रकम अनुसार माध्यामिक तह (एसईई) सम्मको शिक्षाको लागि छात्रवृत्तिको प्रदान गर्दै आइरहेका छन् । जस अन्तर्गत हाल सम्म १३ जना बालबालिकालाई छात्रवृत्तिको प्रदान गरिसकेको र सो संख्यालाई वृद्धि गराउने उद्देश्यका साथ फिल्म ‘बार्बी’को प्रिमियर गरिएको हाे ।


ADVERTISEMENT

# # #


उक्त च्यारिटी शोलाई डाबर नेपाल, हल्दिराम्स, व्रिज सिमेन्ट, उर्जा ज्वेलर्स, शुभश्री कलेज, वाउ पपकर्न, भेदा सैलुन, माकुसे, भेटायो र इभाश कन्सल्टिङजस्ता प्रख्यात ब्राण्ड तथा कम्पनीले प्रायोजन गरेका छन् । उक्त च्यारिटी साँझ मनोरन्जनात्मक एवं परोपकारी रहेको चलचित्र प्रिमियरमा उपस्थित दर्शकहरुले बताएका थिए ।

यस्तै कार्यक्रममा उपस्थित रहँदै आईएमएस ग्रुसपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले चलचित्र प्रिमियरमा उपस्थित भई टिकट किन्ने दर्शक एवं प्रायोजन, साथ सहयोग गर्ने सबै ब्राण्ड लगायत पूर्व मिस नेपाललाई धन्यवाद दिए । उनले डीएम फाउण्डेसन र एफएमएनडब्लुको छात्रवृत्ति कार्यक्रम देशव्यापी गर्नकोनिम्ति यस्ता खालका परोपकारी कार्यले निकै महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले भने, ‘यसले बालबालिकालाई उचित शिक्षा दिनुपर्ने सहयोग पुग्ने छ । किनभने बालबालिका नै हाम्रो भविष्य हो । यस कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

उक्त च्यारिटी शोमा पूर्वमिस नेपालहरु उषा खड्गी, प्रीति सिटौला, अश्मी श्रेष्ठ, श्रृङ्खला खतिवडा, सृक्षा प्रधान लगायत उपस्थित थिए ।